Sunday 29th March 2026

कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यकारी अध्यक्षमा सुबास श्रेष्ठ


तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो।

तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी नेपाली यूबा समाज कुवेतका निबर्तमान अध्यक्ष निरज सिंह ठकूरीले भने”आजको बैठकले भर्खरै सम्पन्न अतिथी कलाकार दुर्गेश थापा सहितको सांगितिक कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम सफल पार्न साथ-सहयोग गर्ने सबै प्रती आभार ब्यक्त गर्दै समाजको भूमिकालाई अझै ससक्त बनाउनको लागि सुबास श्रेष्ठलाई अधिबेशन हुने समय सम्मका लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो।”

कल्याणकारी नेपाली यूबा समाज कुवेतका सचिब रबी बान्तवाले समाजको अधिबेशन गर्न केही समय लाग्ने र अध्यक्ष निरज सिंह ठकुरी कामको शिलशिलामा प्राय: कुवेत बाहिर रहनु परेकाले आजको बैठकबाट सर्बसहमतीमा सुबास श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिदै कुवेतको नेपाली समाजको हरेक सामाजिक गतिबिधीमा समाजलाई अझ कृयाशिल बनाउने निर्णय गरेको तितोपाटी डट कमलाई बताए।

सिन्धुपाल्चोके युबा सुबास श्रेष्ठ कुवेतको नेपाली समाजमा धेरै पहिले देखीनै सामाजिक हातेमालोको कारण परिचित नाम हो भने उनी भलिबल खेलको कुशल खेलाडी पनि हुन।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...