Saturday 7th March 2026

नवलपरासीको डण्डामा बस दुर्घटना हुँदा १ यात्रीको मृत्यु, २५ यात्रु घाइते


पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु  भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्।

पूर्व काँकडभिट्टाबाट बुटवलकालागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस विहिबार दुर्घटना हुँदा भारतको महाराजगंज बुलेरिया नौग्राम घर भएका ३५ बर्षका गौरीशंकर धोवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बस कावासोतीको चालिस किलो भन्ने स्थानमा सडकबाट करिब बाइस मिटर तल बस खसेको हो। घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ। घाइते मध्ये ३ जनाको बुटवलमा ,४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य केही यात्रु सामान्य उपचारपछि घर फर्केका छन्। बसका चालक प्रहरी नियन्त्रणमा छन्।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...