Saturday 2nd August 2025

नवलपरासीको डण्डामा बस दुर्घटना हुँदा १ यात्रीको मृत्यु, २५ यात्रु घाइते


पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु  भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्।

पूर्व काँकडभिट्टाबाट बुटवलकालागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस विहिबार दुर्घटना हुँदा भारतको महाराजगंज बुलेरिया नौग्राम घर भएका ३५ बर्षका गौरीशंकर धोवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बस कावासोतीको चालिस किलो भन्ने स्थानमा सडकबाट करिब बाइस मिटर तल बस खसेको हो। घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ। घाइते मध्ये ३ जनाको बुटवलमा ,४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य केही यात्रु सामान्य उपचारपछि घर फर्केका छन्। बसका चालक प्रहरी नियन्त्रणमा छन्।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...