Monday 18th August 2025

युएईका मानव संशाधन मन्त्रीले गरे नेपाली कामदारको प्रशंसा


तीतोपाटी-युएईका मानव संशाधनमन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले नेपाली कामदारको प्रशंसा गरेका छन् ।

युएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलसँगको शिष्ट्राचार भेटमा मन्त्री थानीले युएईमा कार्यरत नेपाली कामदारको प्रशंसा गरेका हुन् ।

भेटका क्रममा नेपालका तर्फबाट कार्यवाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका बिषयमा कुरा उठाएपछि जवाफमा मन्त्री थानीले युएई नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताएका थिए ।

मन्त्री थानीको निमन्त्रणामा दुई देशीय शिष्ट्राचार भेटघाट भएको दूतावासले जनाएको छ ।भेटघाट कार्यक्रममा राजदूत फुयाँलसहित दूतावासका तृतीय सचिव नारायण ज्ञवालीसमेत सहभागी थिए ।

युएईलगायतका खाडी राष्ट्रमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नसमेत चाडो श्रमसम्झौता गरी टुङ्ग्याउन आवाज उठ्दै आएको छ ।

साभार अनलाईनखबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल…

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

प्रतिकृयाहरू
...