Thursday 26th March 2026

युएईका मानव संशाधन मन्त्रीले गरे नेपाली कामदारको प्रशंसा


तीतोपाटी-युएईका मानव संशाधनमन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले नेपाली कामदारको प्रशंसा गरेका छन् ।

युएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलसँगको शिष्ट्राचार भेटमा मन्त्री थानीले युएईमा कार्यरत नेपाली कामदारको प्रशंसा गरेका हुन् ।

भेटका क्रममा नेपालका तर्फबाट कार्यवाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका बिषयमा कुरा उठाएपछि जवाफमा मन्त्री थानीले युएई नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताएका थिए ।

मन्त्री थानीको निमन्त्रणामा दुई देशीय शिष्ट्राचार भेटघाट भएको दूतावासले जनाएको छ ।भेटघाट कार्यक्रममा राजदूत फुयाँलसहित दूतावासका तृतीय सचिव नारायण ज्ञवालीसमेत सहभागी थिए ।

युएईलगायतका खाडी राष्ट्रमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नसमेत चाडो श्रमसम्झौता गरी टुङ्ग्याउन आवाज उठ्दै आएको छ ।

साभार अनलाईनखबर


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...