Thursday 28th March 2024

पत्नी कुवेत पठाएर पतिले गरे दोश्रो विहे, विरामी भएर फर्केकी पत्नी राजधानीमा अलपत्र


तितोपाटी – छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीलार्इ छोडेर कुबेत अाएकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् ।

ऋण खोजेर घरेलु कामदारको रूपमा कुबेत अाएकी उनलाई काम गरेको घरमा तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ थाहा नभएको रोग लाग्यो । अचानक नाक र मुखवाट ह्वालह्वाल्ती रगत बग्ने समस्याबाट कवित ग्रस्त बनिन । एकै छिनमा राम्रै भएकी कबिता केही बेरमै रगताम्य भएर इन्तु न चिन्तु हुन थालिन्।

६ महिना कुबेत बसेर पनि एक पैसा हातमा नभएपछि उनी अरु संग सहयोग लिएर उनी नेपाल फर्कन सफल भर्इन । उनी काठमाण्डु त अोर्लिइन तर उनी कोहलपुर स्थित घर भने जान सक्दिनन् । एक त उनी खाली हात नेपाल फर्केकी छन् । दोस्रो उनका श्रीमानले अर्काे विवाह गरेका छन् । उनका दुई छोराछोरी पनि श्रीमानको कब्जामा छन् ।

श्रीमानले कबितालाई घर आउनु पर्दैन भनेर धम्की दिएका कारण उनी घर जान सकेकी छैनन् । अस्वस्थ्य शरिर र मनभरी पीडा बोकेर काठमाडौंमा भौतारिएकी कबिताले एक संचारकर्मी भेटिन् । उनले आफ्नो सबै पीडा ति संचारकर्मीलाई बताइन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

कुवेतवाट काठमाडौं आएको ८ दिन सम्म सडकमै भौतारिकएकी उनको उपचार सुरु त भएको छ । तर उनीसंग न कोही आफन्त छन् न त उनीसंग उपचार गराउने पैसा । त्यसैले उनले यो भिडियो मार्फत सहयोगको अपिल गरेकी छन् ।

हेर्नुहोस भिडियोः

साभार – लाइटनेपाल


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...