Saturday 7th March 2026

बाँकेमा बस र मोटरसाइकल ठोकिंदा २ जनाको मृत्यु


तितोपाटी – बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार सुर्खेत, लेकवेसी नगरपालिका वडा नम्बर १ निवासी बिक्रम गहतराज र गुर्भाकोटका मदन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दियो।

मृतकको शव शिक्षण अस्पताल कोहलपुरमै राखिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...