Sunday 18th January 2026

बाँकेमा बस र मोटरसाइकल ठोकिंदा २ जनाको मृत्यु


तितोपाटी – बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार सुर्खेत, लेकवेसी नगरपालिका वडा नम्बर १ निवासी बिक्रम गहतराज र गुर्भाकोटका मदन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दियो।

मृतकको शव शिक्षण अस्पताल कोहलपुरमै राखिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...