Sunday 18th January 2026

काठमाण्डुको टोखामा गर्भवती महिलाको घाँटी थिचेर हत्या, ४ जना पक्राउ


तितोपाटी – काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् । अजिता ६ महिनाकी गर्भवती थिइन् ।

हत्या आरोपमा प्रहरीले उनीसहित बहिनी भगवती मल्ल, भदा गन्डिपराज मल्ल र भदाको गर्लफ्रेण्ड रिता केसीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।

स्रोतका अनुसार श्रीमान धर्मराज शाही भने मुगुमा छन् । उनी सोमबार नै काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए । आफूमाथि सौता हालेको आवेग र खान लाउन नदिएपछि हत्या गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...