Thursday 31st July 2025

महोत्तरीमा अवैध याैन कृयाकलाप छुपाउन याैन प्रलोभन देखाएर छिमेकीको हत्या


तितोपाटी – महोत्तरीको  औरही २, फूलबरियाका ४० वर्षीय किसान बेचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानले देखाएको छ । गौशाला प्रहरीका अनुसार अर्काको शारीरिक सम्बन्ध लुकाउन महतोको हत्या भएको हो । फूलबरियाकै २२ वर्षीया जितनीदेवी महतोलाई गत बिहीबार प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेपछि हत्याको रहस्य खुलेको हो । प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार हत्यामा ‘यौन प्रकरण’ मुख्य देखिएको छ । बेचु तरकारी खेती गर्थे ।

रदेखि अलि पर करिब २ कठ्ठा खेतमा उनले काउली लगाएका थिए । नीलगाईले काउली खाएर दु:ख दिन थालेपछि उनी केही समयदेखि खेतमै बस्थे ।

मंसिर २४ गते पनि रात परेपछि उनी खेत पुगे । आफ्नो खेत र उखुबारी नजिक उनले केही हलचल भएको देखे ।

‘सायद नीलगाई लुकेको हुन सक्छ,’ उनले शंका गरे । त्यहाँ पुग्दा उनले छिमेकी जितनी र अर्का २४ वर्षीय छिमेकी सुशील सहनीलाई आपत्तिजनक अवस्थामा देखे । बेचुलाई देखेर सुशील भागे । जितनी अक्कनबक्क परिन् ।
‘मलाई उसले (बेचु) हप्कीदप्की गर्‍यो,’ जितनीको भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘मोबाइल पनि खोस्यो र लोग्नेलाई भनिदिने धम्की दियो ।’ ५ वर्षीय छोराकी आमा जितनीका पति विजय केही समयदेखि सिरक बनाउन काठमाडौंमा छन् । प्रहरीलाई जितनीले दिएको बयानमा मंसिर २५ गते बेचुले आफूसँग यौन सम्पर्क नगरे मोबाइल नदिने र घटना भनिदिने धम्की दिए ।
धम्कीको कुरा जितनीले प्रेमी सुशीललाई सुनाइन् र यौन प्रलोभनमा पारेर उनको हत्या गर्ने योजना भयो । योजनाअुसार जितनीले बेचुलाई यौन सम्पर्कका लागि राति सोही खेतमा बोलाइन् । रातको समयमा खेतमा जितनी पुगिन् । बेचु पनि पुगे । नजिकै सुशील र उनका छिमेकी अनिलकुमार ठाकुर लुकेर बसे । त्यो कुरा बेचुलाई थाहा थिएन ।
जितनीसँग गफ गरिरहेका बेचुलाई सुशीलले पछाडिबाट आफैंले लगाएको ज्याकेटले घाँटी कसेर हत्या गरे । उनीहरूले शव घिसारेर २ सय मिटर पर रामराजा ठाकुरको उखुबारीमा राखे । बेचुकी पत्नी राधादेवीका अनुसार हत्याको राति बेचु ८ बजेतिर खेतबाट फर्किएका थिए । सँगै सुतेका बेचु कति बेला गए उनलाई थाहै भएन ।

मध्यरातसम्म बेचुको नआएपछि राधादेवीले हल्ला गरिन् । छिमेकी र प्रहरी खोज्दै खेतमा पुग्यो । त्यहाँ नदेखेपछि खोज्ने क्रममै मंसिर २६ गते बुधबार बेचुको शव उखुबारीमा भेटियो ।
-कान्तिपुरबाट

सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...