Sunday 18th January 2026

दाङमा सोलारको ब्याट्री पड्केर अागलागी हुँदा एकै घरका ३ बालबालिकाको मृत्यु


तितोपाटी – दाङको बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ ।

एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन्। आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ५ बिरेन्द्रचौकस्थित अन्पूर्ण ट्रेडर्समा शुक्रबार विहान आगलागी भएको छ ।

बिहान ६ बजेदेखि लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको थियो । भीमप्रसाद घिमिरेले आफ्नै घरमा सञ्चालन गरेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो ।

मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । आगोबाट करोडौंको क्षति भएको पसल सञ्चालन घिमिरेले बताएका छन् । आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासी खटिएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...