Thursday 26th March 2026

शिव सेना सडकमा उत्रने, ५ हजार शिव सैनिक मकवानपुर खटाइयो


तीतोपाटी-हिन्दु राज्य र राजतन्त्रको पक्षमा विभिन्न ठाउँमा अभियान चलाइरहेको शिव सेना नेपालले सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको उपत्यका कार्यसमितिको बैठकले ‘हिन्दु राज्य र राजतन्त्र’ पुर्नस्थापनाका लागि सडक आन्दोलन नै अन्तिम विकल्प भएको निर्णय गरेको हो । यसकारण आन्दोलनमा जाने तयारी भएको शिव सेनाका अध्यक्ष अनिल बस्नेतले बताए । बैठक उनको अध्यक्षतामा नै बसेको थियो ।

सांकेतिक आन्दोलन जारी राखेको शिव सेनाले सडक आन्दोलन मकवानपुरबाट थाल्ने पनि जनाएको छ । त्यसका लागि ५ हजार शिव सेनाका कार्यकर्ता (शिव सेना सैनिक) खटाइएको छ ।

शिव सेनाले हिन्दु राज्य र राजतन्त्रका निम्ति प्रशिक्षण, भेला र बैठक गर्दै आइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...