Sunday 18th January 2026

नवलपरासीमा ट्यांकरले मोटरसाइकललार्इ ठक्कर दिँदा २ जनाको मृत्यु


तितोपाटी – नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ का प्रविन गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार २६ बर्षका विनोद बानियाँको मृत्यु भएको हो ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज देवदह रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेर नष्ट भएको छ । ठक्कर दिने ट्यांकर सुनवल प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्यांकर चालक फरार रहेका छन्


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...