Thursday 26th March 2026

ललितपुरकी बालिकालाई गोंगबु लगेर बलात्कार


तीतोपाटी-ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाँउ भनी काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर बलात्कार गरी फरार भएको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोको प्रहरी उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज काठमाडौं पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...