Tuesday 13th January 2026

चर्चित दोहोरी गायक खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने


तितोपाटी – लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक धमाका गर्न लागेको हो ।

कार्यक्रममा अतिथि कलाकार अधिकारीका साथमा स्थानीय कलाकारहरूले समेत अा-अाफ्नो प्रस्तति दिने छन् । कार्यक्रममा नेपालबाट चर्चित गायक साथै कुवैतमा रहेर गीत संगितमा आफ्नो पहिचान बनाईरहेका चर्चित गायकहरुको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम सम्बन्धी विज्ञापन तलको भिडियोमा हेर्नुहोसः

https://youtu.be/CwlHQZ8NJ_U

 


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...