Sunday 18th January 2026

जुम्लामा ललाइ फकाइ गरेर १३ वर्षीया किशोरीलार्इ बलात्कार


तितोपाटी – जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्। राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार राेकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका थिए। बलात्कारको घटना गाउँमै मिलाउने अधिकतम प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो। बलात्कार गर्ने लक्षिराम प्रहरी नियन्त्रणमा छन्। प्रहरी निरिक्षक केसीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तलाई पक्राउ गरेर म्याद थप गरिएकाे बताए।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

प्रतिकृयाहरू
...