Sunday 18th January 2026

छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु


तितोपाटी – मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। को१९प ४४७५ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो।

गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

त्यसै गरि वीरगञ्जको पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नम्बरको म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको हो।

उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। जिप चालक फरार छन्। उनको खोजी भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

प्रतिकृयाहरू
...