Saturday 7th March 2026

सप्तरीमा जेलमा परेको श्रीमानलार्इ छुटाइदिन्छु भन्दै श्रीमतीसँग लाखाैं रूपैयाँ ठगी र बलात्कार


तितोपाटी – कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्।

राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाई मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ।

-रासस


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...