Sunday 18th January 2026

पाल्पामा वृद्ध दम्पतीद्वारा झुण्डिएर अात्महत्या


तितोपाटी – पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्। अात्महत्या गर्नेमा गोहेलुङका ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी ६६ वर्षीय श्रीमती हरिसरा सारु रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

वृद्ध दम्पत्तीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याईएको उनले बताए। आत्महत्या गर्नुको कारण भने अनुसन्धानको क्रममा रहेको घिमिरेले बताए।

शनिबार दिउँसो वृद्ध दम्पत्ती नातिनी कल्पनासँगै आफ्नै खेत फोक्सिङछापमा दाई गर्न गएका थिए। शनिबार साँझ नातिनी सहित पूर्णबहादुर घर फर्केको बुहारी हलिसराले बताईन्। सासूआमा हरिकला भने शनिबार साँझ घर फर्केकी थिईनन्। आइतबार बिहान पूनः पूर्णबहादुर खेतमा जान्छु भन्दै हिँडेका थिए। आइतबार दिउँसो गाउँका स्थानीयले वृद्ध दम्पत्तीलाई मृत फेला पारेका हुन्। दुवै दम्पत्तीले जंगलको रुखमा सलले पासो लगाएर आत्महत्या गरेको बताइएको छ। डिएसपी घिमिरेले श्रीमती हरिकलाले पासो लगाई आत्महत्या गरेको देखेर श्रीमान् पूर्णबहादुरले उक्त शल काटेर आफुले पनि आत्महत्या गरेको प्रारम्भिक रुपमा देखिएको बताए।

वृद्ध दम्पत्तीका एकमात्र छोरा दिलबहादुरको ३३ वर्षको उमेरमा टिबिका कारण मृत्य भएको उनकी श्रीमती हलिसराले बताइन्।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...