Wednesday 25th March 2026

बिक्की लिम्बूको  हत्यामा संलग्न भएको आशंकामा दुई जना पक्राउ


तीतोपाटी- शनिबार दिउँसो काठमाडौंको तीनकुने गैरीगाउँस्थित सुकम्बासी टोलका बिक्की लिम्बूको  हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले मकवानपुरको अर्नामाडी–४ घर भई काठमाडौंको गौशाला बस्दै आएका २९ वर्षीय मनिष बानियाँ र काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङ्लाका २४ वर्षीय महेश परियारलाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरिक्षक रुगम बहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले साङ्लाको बिहानीचोकमा लुकेर बसेको अबस्थामा शनिबार राती नै उनीहरुलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा मृतक तथा घाईते अनिल श्रेष्ठसँग मनिष बानियाँको आर्थिक लेनदेन रहेको खुलेको छ। सोही विषयमा बिबाद हुँदा घटना भएको प्रहरीले जनाएको छ। पक्राउमा परेकामध्ये मनिष बानियाँ यस अघि पनि ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्।

बागमती वारि र पारिका दुई सुकुम्बासी बस्तीका युवाबीच शनिबार दिउँसो झडप हुँदा बिक्की लिम्बूको मृत्यु भएको थियो। घटनामा घाइते भएका २३ वर्षीय अनिल श्रेष्ठको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...