Monday 28th July 2025

जन्ती लिएर नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदीका दूत योगी आदित्यनाथ


तीतोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निजी बिमानमा २६ मंसिरमा जन्ती लिएर जनकपुर उत्रिने भएका छन् ।

प्रदेश सरकारले रामजानकी विवाह महोत्सवको तयारी जारी राखेको छ । उक्त महोत्सवमा आदित्यनाथ आउनुको साथै रंगभुमी मैदानमा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनेछन् । सम्बोधन पनि हुनेछ ।

महोत्सवलाई प्रभावकारी बनाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू जितेन्द्र सोनल, मेयर लालकिशोर साहलगायतले तयारीलाई तिव्रता दिएका छन् ।

योगी आदित्यनाथको सुरक्षाका लागि प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरु सक्रिय छन् ।

आदित्यनाथले जनकपुरधाममा पुजा गर्नेछन् । त्यसपछि उनी मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

मधेश भवनमा मुख्यमन्त्री लालबाबु राउतले उत्तरप्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोज दिनेछन् ।

 


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...