Wednesday 25th March 2026

साप्ताहिक राशिफल(मंसिर ७ गतेदेखि १३ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 

आलोचना गर्नेहरू बढी नै भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । घुमघाम गर्ने अवसर जुट्नेछ । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला । कर्मचारी वर्गले विशेष होसियारी अपनाउनुहोला । रातो रंग प्रयोग गर्न सके सफलता नजिकिनेछ । स–साना त्रुटिले पनि मर्यादामा चोट पुर्‍याउन सक्छ ।

वृष 

मेहनत गरे जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सरोकार नभएका विषयमा चासो राख्दा दु:ख पाइनेछ । प्रेममा अविश्वासको दोहोरी चल्नेछ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । बलजफ्ती गर्नाले काम बिग्रने सम्भावना छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । भौतिक सुखका साधनप्रति आकर्षित भइनेछ ।

मिथुन

पराक्रम बढ्नुका साथै काममा सफलता हात पर्नेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर समेत जुट्नेछ । नसोची अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । खानपानको असावधानीले पाचन प्रक्रियामा समस्या सिर्जना गर्न सक्छ । मान्यजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ ।

कर्कट 

प्रतिष्ठित व्यक्तित्वहरूसँग सहकार्य गर्दै कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । नजिकका साथीहरू बिदेसिए पनि नयाँ साथीभाइसँग सम्बन्ध गाँसिनेछ । प्रतिस्पर्धाले चौर्तफी प्रगति गराउनेछ । साताको अन्त्यमा वादविवादमा अघि सर्नु उपयुक्त हुँदैन ।

सिंह 

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्न सक्छ । विद्वान्हरूको संगतले ज्ञानको दायरा बढाउने अवसर प्राप्त हुनेछ । बाधाहरू स्वत: हट्नेछन् । सिर्जनात्मक काम गरेर धैरेको मन लोभ्याउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरूलाई उछिन्न सकिन्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

 

कन्या 

साताको सुरुमा खर्च बढ्नाले धनको अभाव महसुस हुनेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । दिगो फाइदा हुने कार्य प्रारम्भ गर्ने सुझाव प्राप्त होला । रोकिएका काममा दोहर्‍याएर प्रयत्न गर्दा सफलता हात लाग्नेछ । टाढा भएका साथीभाइसँग लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रनेछ भने सप्ताहान्तमा नाम, दाम तथा इनाम हात पार्न सकिनेछ ।

तुला  

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । तपार्इंको लगनशीलताले राम्रै प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरूलाई पछि पारिनेछ । तपाईंको जुक्तिबुद्धिलाई साथीभाइले अनुमोदन गर्दै सहकार्य समेत गर्नेछन् । लामो तथा छोटा यात्रा हुने सम्भावना छ । सप्ताहन्तमा रचनात्मक काम गरेर धेरैलाई प्रभावित तुल्याउन सकिनेछ ।

वृश्चिक 

विशेष कामको जग बसाउन सकिनेछ । साथीभाइको सुझावमुताबिक व्यवसाय गर्दा फाइदा हुनेछ । पहिलेका गल्तीहरू सच्याउने अवसर पाइनेछ । टाढिएका आफन्त नजिकिनेछन् । प्राकृतिक पर्यावरणमा रमाउँदै यात्रा गर्ने अवसर जुर्न सक्छ । मन एकाग्र रहनुका साथै अध्ययनमा प्रगति हुनेछ ।

धनु 

नयाँ क्षेत्रमा पदबहाल गर्ने अवसर प्राप्त हुनसक्छ । प्राप्त अवसरले थप मेहनतको अपेक्षा गरेको छ । सामाजिक हैसियतअनुरूप जीवनशैलीमा परिर्वतन ल्याउनुपर्नेछ । पहेंलो रंगले कार्य सम्पन्न गर्न ऊर्जा प्रदान गर्नेछ । खानपानमा सहभागी हुँदा स्वास्थ्यको हेक्का राख्नुहोला ।

मकर

बिदेसिएका मित्रको सुझावअनुरुप सेयर बजारप्रति आकर्षित भइनेछ । अचानक प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । संयमित भै निर्णय गर्नुहोला । आम्दानी हुने व्यवसायमा लगानी गर्ने अवसर जुट्न सक्छ । साताको अन्त्यमा घरायसी सामानको खरिदमा समय खर्चिनुपर्नेछ । खर्च नियन्त्रण गर्दै जीवनचर्यामा ध्यान पुर्‍याउनुहोला ।

कुम्भ

आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । वादविवादबाट टाढा रहनु नै उपयुक्त हुन्छ । लगनशीलताले विविध अवसर जुटाउनेछ । साताको अन्त्यमा यात्रा गर्ने अवसर प्राप्त हुनसक्छ । भोज–भतेरमा पुराना मित्रसँगको भेटले थप मनोरञ्जन दिलाउनेछ ।

मीन

परिश्रमले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै आर्थिक अभावको अवस्था स्वत: दूर हुनेछ । सोमबारपछि टाढिएका आफन्तजनसँग भेटघाट होला । मन प्रफुलित रहनेछ । करियर बनाउन आत्मीय मित्रहरूसँग सुझाव लिनुपर्नेछ । प्रियजनसँगको भेटघाटले साता रमाइलो बनाउनेछ । मौसम परिवर्तनअनुरूप स्वास्थ्यको ख्याल राख्नुहोला ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...