Sunday 18th January 2026

वीरगञ्जमा फेरी एक २५ वर्षीया युवती बलात्कृत


तितोपाटी – सामूहिक बलात्कारको शिकार भएकी दलित महिलाले न्याय नपाएको गुनासो आइरहेकै बेला पर्सामा फेरि अर्की एक महिला बलात्कृत भएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका- १ मिर्जापुर गाउँकी २५ वर्षीया महिलालाई छिमेककी एक पुरुषले गत मंगलबार साँझ बलात्कार गरेका हुन्। पीडित महिलाकाअनुसार, गत मंगलबार साँझ गाउँकै ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका हुन्।

गत मंगलबार साँझ घरमा कोहि नभएको मौका छोपेर घरभित्र छिरेका यादवले आफनो मुख थुनेर जर्बजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्। घटना पछि पीडित महिलाले घर बाहिर रहेका आफ्ना पतिलाई फोन गरेर घटना बारे जानकारी गराए पछि घर आएका पतिको सहयोगमा उनले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएकी हुन्।

उजुरी पछि पीडित महिलाको बुधबार नै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। स्वास्थ्य परीक्षण पछि पीडित महिलालाई घर पठाइएको भन्दै उनले भने, ‘प्रहरीमा किटानी जाहेरी पर्ने बित्तिक्‍कै घटनाबारे सत्यतथ्य बुझी आरोपितलाई तत्काल पक्राउ गर्न इलाका प्रहरी कार्यालय पोखरीयालाई निर्देशन दिइसकेको छु, तर आरोपित फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ।’

दलित महिललाई बलात्कार गरेर भिडियो बनाएकाहरु पक्राउ परेनन्

यसअघि गत कात्तिक ५ गते पनि पर्साकै वीरगन्ज महानगरपालिका- १८ सौराहटोलकी ४० वर्षीया एक दलित महिलालाई शौच गर्न खेतमा गएका बेला गाउँकै चारजना युवाले सामूहिक बलात्कार गरेका थिए।

बलात्कारको भिडियो समेत खिचेका उनीहरुले पीडित दलित महिलासँग रकम मागेर धम्क्याएका थिए। तर पीडितले रकम नदिँदा उनीहरुले बलात्कारको भिडियो गाउँका केही व्याक्तिलाइ देखाएका थिए।

त्यसपछि गाउँका अगुवा महिलाको सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक गाउँकै ३५ वर्षीय मनोज साह तेली ,३० वर्षीय कृष्णा साह , २४ वर्षीय दिलिप सहनी र ३५ वर्षीय आकाश साह विरुद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी परेको थियो।

तर, प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको एक महिना बित्दा समेत प्रहरीले अहिलेसम्म आरोपितलाई पक्राउ गर्न सकेको छैन। घटनालाई लुकाउन आरोपितका आफन्तबाट नगद पाँच लाख र पाँच कठ्ठा जग्गा दिने प्रलोभनसहितको दबाब आइरहेको भन्दै पीडित दलित महिलाले आरोपितलाई राजनीतिक संरक्षण भएकाले प्रहरीले उनीहरुलाई पक्रन नसकेको बताएकी छन्।

तर पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई प्रहरीले कुनै पनि हालतमा नछोड्ने बताएका छन्। घटना भएदेखि नै उनीहरु फरार छन्, तर प्रहरी उनीहरुलाई पक्रन रातदिन लागि रहेको छ , उनले भने,’जस्तोसुकै दबाब आएपनि त्यसले प्रहरीलाइ कुनै फरक पर्नेवाला छैन, यो घटनामा संलग्नलाई पक्रेर कानुनको कठघरामा प्रहरीले उभ्याइ छोड्नेछ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...