Thursday 5th February 2026

आफन्तको आक्रोश : हत्या हुँदैछ भनेर जानकारी गराउँदा पनि प्रहरीले सुरक्षा दिएन


तिताेपाटी – सुनसरीमा हतियार भित्रिएको आशंकामा मंसिर ३ गतेदेखि नै प्रहरी परिचालन भएको थियो । सुनसरीको खनार, दुहबी र सोनापुर क्षेत्रमा प्रहरीले खानतलासी पनि गरेको थियो । तर प्रहरीले खानतलासी गरिरहेको बेला मंसिर ५ गते बिहानै दुहबी ९ का फिदा हुस्सेनको गोली हानी हत्या भयो ।

दुहबी ९ का फिदा हुस्सेनको हत्या घर नजिकै हत्या हुँदा अहिले दुहबी क्षेत्रमा तनाब छ । स्थानीय मुस्लिम समुदायको आपत्ति छ –‘प्रहरीलाई खबर गर्दा पनि सुरक्षा दिन नसक्नु प्रहरीको लापरबाही हो ।’ मृतकका आफन्त तथा दुहबी वडा नम्बर ९ का वडाध्यक्ष मेहदी हुस्सेनले हत्या भएपछि बुधबार प्रशासन र राजनीतिक दलसँगको सर्वपक्षीय बैठकमै भन्नुभयो –‘हामीले असुरक्षित छौं भनेर प्रशासनलाई भन्दा पनि किन सुरक्षा प्रदान गर्न प्रहरीले सकेन ।’

मेहदी हुस्सेनले बैठकमा आफूलाई पटक–पटक जेलबाट ज्यान मार्ने धम्की आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जेलबाट पहिला तेरो भाइलाई मार्छु त्यसपछि तेरो पालो भन्दै धम्की आएको छ ।’ तर उहाँले कसले र कुन विषयमा धम्की दिएको भन्नेचाहिँ खुलाउनु भएन ।

बैठकमा सहभागी प्रदेश सांसद लिलम बस्नेतले वडाध्यक्षले बैठकमै प्रहरीसँगको असन्तुष्टी पोखेको बताउनुभयो । दुहबी ९ का स्थानीय फिदा हुस्सेनको बुधबार उहाँ कार्यरत इँटा भट्टा अगाडि गोली हानी हत्या गरिएको  हो ।

रहस्यमय घटना

मुश्लिम समुदायले  यसअघि भएका मुश्लिम अगुवाहरुको हत्याको श्रृंखलासँग फिदा हत्यालाई पनि हेरेका छन् । तर प्रहरीले भने दुई महिना अघि भुटाहामा गोली हानी हन्या गरिएका खुर्सीद अन्सारीको  हत्याभन्दा फरक प्रकृतिको हत्या भएको  प्रारम्भिक निष्कर्ष निकालेको छ । सामान्य आर्थिक अवस्था र सामाजिक हैसियत भएका फिदाको हत्या आपराधिक गतिविधिसँग जोडिएको प्रहरीका एक अधिकारीले बताए । ‘अहिले हामी अनुसन्धानमै छौं । अहिले नै यही हो भन्ने निश्कर्षमा पुगेका छैनौं’ उनले भने, ‘केहीदिनमै अपराधी पक्राउ पर्छ ।’

जयबाबा इँटा उद्योगको स्थापना कालदेखि व्यवस्थापकको रुपमा काम गर्ने फिदालाई भट्टाको सम्पूर्ण कारोबारको जिम्मा  भट्टा सञ्चालक खगेन्द्र श्रेष्ठले दिनुभएको थियो । योसँगै फिदा र श्रेष्ठले भारतबाट कोइलाको व्यपारसमेत गर्दे आउनु भएको थियो भने जग्गा कारोबारमासमेत उहाँको संलग्नता रहेको बताइन्छ ।

पीडित परिवारले ५ सूत्रीय माग राखेका छन् ।  हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, गृहमन्त्री आएर शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्र्नेे र मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा…

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

प्रतिकृयाहरू
...