Sunday 18th January 2026

नवलपरासीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३० जना घाइते


तितोपाटी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी कञ्चनपुर घर भएका ३३ वर्षीय नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको मृत्यु भएको छ भने अर्का मृतक अन्दाजी ३५/४० का पुरुषको नाम खुल्न सकेको छैन ।

घाइते भएकाहरुको बुटवलस्थित जेनस अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक किनारबाट करिव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभइसकेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...