Monday 12th January 2026

लेस्बियनको कथामा रीमा र वेनिशाको केमेष्ट्री सुहायो


तितोपाटी – पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्।

प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।

‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ।

भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। उत्तम हुमागाईले छयांकन गरेको भिडियोके सम्पादन प्रविन श्रेष्ठले गरेका हुन्। भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो।

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...