Saturday 11th April 2026

लेस्बियनको कथामा रीमा र वेनिशाको केमेष्ट्री सुहायो


तितोपाटी – पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्।

प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।

‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ।

भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। उत्तम हुमागाईले छयांकन गरेको भिडियोके सम्पादन प्रविन श्रेष्ठले गरेका हुन्। भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो।

 


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...