Wednesday 25th March 2026

प्रहरीलाई २ हजार घुस दिन खाेज्दा फन्दामा


तीतोपाटी-नागार्जुन नगरपालिका-९ स्थित सडकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बा.२ ज ४१३९ नम्बरको ट्याक्सीका चालक काभ्रे सिमथली-८ का २७  वर्षीय दिपक केसीले शनिबार बेलुका प्रहरीलाई नै घुस दिने खाेजेपछि पक्राउ गरेको हो ।

प्रहरीले  ट्याक्सी जाँच गर्ने क्रममा मादक पदार्थ प्रयाेग गरी सवारी चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा चालक केसीले प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोजेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...