Sunday 18th January 2026

प्रहरीलाई २ हजार घुस दिन खाेज्दा फन्दामा


तीतोपाटी-नागार्जुन नगरपालिका-९ स्थित सडकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बा.२ ज ४१३९ नम्बरको ट्याक्सीका चालक काभ्रे सिमथली-८ का २७  वर्षीय दिपक केसीले शनिबार बेलुका प्रहरीलाई नै घुस दिने खाेजेपछि पक्राउ गरेको हो ।

प्रहरीले  ट्याक्सी जाँच गर्ने क्रममा मादक पदार्थ प्रयाेग गरी सवारी चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा चालक केसीले प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोजेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...