Saturday 7th March 2026

कुवेतमा एक नेपालीको मृत्यु


हरी कृष्ण न्यौपाने-करिब १३ बर्ष देखी कुवेतमा कार्यरत झापा माइधाराका बिष्णु घिमिरेको आज नोभेम्बर १६ तारिक शुक्रबार,२०१८ का दिन दु:खद मृत्‍यु भएको छ। घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन।

झापाली समाज कुवेतका सचिब प्रेम झापालीले तितोपाटी डटकम संग भने” हामीलाई बिहान कुवेतको जिलिब स्थित साथीको घरमा सुतेको अवस्थामै मृत भेटिए पछी खबर भयो।अहिले प्रहरी आएर शबलाई आबश्यक कानुनी प्रकृयाको लागि लागि सकेको छ।” उनले थपे” ३७ बर्षिय बिष्णु घिमिरे कुवेतको एस डि एफ सि कम्पनीमा आए पनि अहिले एजिलिटी कम्पनीमा सबारी चालकको रुपमा कार्यरत थिए भने केही समयमै अर्को कम्पनी जाने तयारीमा थिए।राती साथीको रुममा आएर सुते पनि बिहान् नउठे पछी उनलाई ओच्छायानमै मृत भेटिए पछी प्रहरीलाई खबर गरिएको थियो। मृतक घिमिरेको घरमा आमा, श्रीमती, एक छोरो र केही समय अगाडि करेन्ट लागेर अशक्त भएकी बहिनी रहेको बुझिएको छ।

घटनाको बारे प्रारम्भिक जानकारी गराए पछी नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले भने” दुताबासबाट गर्नु पर्ने कानुनी प्रकृयाको लागि हामी सहयोग गर्ने छौ। साथै मृत्‍युको कारण र अन्य प्रहरी रिपोर्ट आए पछी उनको शब नेपाल पठाउने लगाएत अन्य कामहरुमा दुताबास लाग्ने छ। “


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...