Saturday 28th March 2026

कुवेत विमानस्थलबाट हुने सम्पूर्ण उडान बन्द


बसन्त थापा, कुवेत – भारी वर्षाका कारण कुवेत अन्तराष्ट्रिय बिमानस्थलबाट अनिश्चित कालको लागि उडान र अवतरण बन्द गरिएको छ । लगातार दुई दिन देखि परेको अबिरल वर्षाका कारण कुवेत अन्तराष्ट्रवय बिमानस्थल तथा कुवेतको जनजिवन प्रभावित भएको हो।

बुधवार देखि लगातार पेरेको वर्षाका कारण कुवेतका अधिकांश क्षेत्र डुवानमा परेको हो । कुवेतको हवाई अड्डामा आवतजावत बिमान खराब मौसमका कारण हिजो रातिबाट रद्द गरिएको छ भने कुवेतका अधिकांस शहर र सरकारी कार्यालयहरु समेत डुबानमा परेका छन ।यो मौंसम परिबर्तन र बर्षातको समय अझ केही दिन रहन सक्ने मौसमविद्ले जनाएका छन।

खराब मौसमको कारण बिमान ऊडान र अबतरणमा समस्या सामना गर्नुपरेको बताऊदै भारी बर्षाको कारण ऊडानहरु जीसीसी हवाई अड्डामा फर्काईएको छ भने ट्रान्जिटबाट आऊने ऊडानहरुलाई  होल्ड गरिएको छ।

यहाका सरकारी कार्यलयहरु तथा विद्यालय र कलेजहरु समेत डुवानमा परेपछी पठन-पाठनमा असर परेको छ । वर्षाका कारण कुवेतका निजी तथा आवासीय विद्यालय बन्द भएका छन् भने विद्यार्थीको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउदै निजी तथा आवासीय विद्यालय, कलेज, बुधवारबाट चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको तथा सरकारी निर्णय अनुसार सार्बजानिक बिदा दिएको मौसम पूर्वानुमान साखाले जनाएको छ ।

वर्तमान स्थितिको अनुसार मौसमको स्थिति झनै अस्थिरता बन्दै गएको र सोही अस्थिरता शुक्रवार सम्म जारी रहने छ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...