Saturday 28th March 2026

कुवेतमा नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर स्थगन


तितोपाटी – नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर  अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ । 
कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य शिविर हुने भनिएको थियो।

कुवेतमा केही समय देखि प्रतिकूल मौसमका कारण लगातार वर्षा, तिव्रगतिको हावा साथै बाढीका कारणले गर्दा शिविर स्थगन गरिएको नेपाली राजदुतावास कुवेतका द्वितीय सचिब ज्ञानेन्द्र मगरले तितोपाटी लाई जानकारी गराएका छन ।

कुवेतमा केही दिन देखीको लगातार वर्षाका कारणले जनजीवन कष्टकर बनेको छ । विभिन्न ठाउँमा वर्षाका कारण बाटोघाटो समेत बन्द भएको छ । नेपाली राजदुतावास कुवेतले यहाँ कार्यरत सम्पुर्ण नेपालीहरु लाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...