Thursday 26th March 2026

युएर्इमा सामुहिक र सँस्थागत देउसी-भैलो


तितोपाटी – युएईमा रहेका विभिन्न संस्थाको संयुक्त आयोजनामा नेपाली राजदूतावास अबुधावीमा सामुहिक देउसी भैलो कार्यक्रम भएको छ । गत बिहीबार दूतावासमा आयोजित कार्यक्रममा दूतावासका कर्मचारीसहित गैरआवासीय नेपाली संघ युएई, आदिवासी जनजाति महासंघ, प्रवासी नेपाली मञ्च तथा जनप्रगतिशील मञ्च, नेपाली जनसम्पर्क समिति, इनास युएईलगायतका संस्थाका प्रतिनिधिको सहभागितामा सामुहिक देउसी खेलिएको बुझिएको छ ।

देउसीभैलो कार्यक्रममा सहभागी हुँदै कार्यवहाक राजदूत सागरप्रसाद फुँयालले चाडपर्व संरक्षणमा प्रवासी नेपालीले एकता दर्शाएको प्रति खुसी व्यक्त गरे । दूतावास जनताको सेवा गर्न आएकोले जनताको सेवामा सधै लागिरहने जनाउँदै समस्यामा परेका नेपालीलाई सहयोग गर्न संस्थाहरुले एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले राजदूतावासको निवासमा देउसी भैलो खेल्ने परम्परालाई यो वर्षदेखि दूतावासले हटाएको समेत जनाए । फुँयालले भने, ‘राजदूत र कर्मचारीको निवासमा देउसी भैलो खेल्ने परम्परा अब रहने छैन । जिल्लागत संस्थाहरुले भिन्न भिन्न तवरले खेल्दै आएको देउसी अबदेखि सामुहिक रुपमा दूतावासको कार्यलयमा मात्र रहनेछ ।’ यस्तै, देउसी भैलोलाई सामुहिक रुपमा खेल्न दूतावासले सबै संघसंस्थालाई आग्रह गरेको छ । देउसी भैलोको उपहारमा गरिने फजुल खर्चमा समेत दूतावासले मितव्ययिता अपनाएको जनाएको छ ।

युएईका विभिन्न राज्यमा रहेका एनआरएन, राजनीतिक दलका प्रवासी संगठन तथा जिल्लागत संघसंस्थाहरुले सामुहिक तथा संस्थागत रुपमा देउसी भैलो खेलेका छन् । एनाआरएन युएई, झापाली समाज, नेपाली समुदाय युएईलगायतका संस्थाले यहाँ रहेका नेपाली व्यवसायीको घर तथा व्यवसायिक स्थलमा देउसी भैलो खेलेका हुन् । सामुहक देउसी खेल्नेहरूले देउसी भैलो कार्यक्रमबारे पुर्व जानकारी गराएर मात्र देउसीभैलो खेलेका हुन ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...