Monday 17th November 2025

सामसुङले ल्यायो फोल्डेबल स्मार्टफोन


तितोपाटी – दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ ।

बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले यो स्मार्टफोन सार्वजनिक गरे । आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने बताइएको छ । त्यसैले अहिले सार्वज्निक गरिएको स्मार्टफोन कम्पनीको फाइनल प्रडक्ट होइन ।

सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ । प्रयोगकर्ताले यो सजिलैसँग बन्द गर्न र खोल्न सक्नेछन् । इनफिनिटी फ्लेक्स डिस्प्ले सामसुङको नेक्स्ट जेनेरेसन प्लेटफर्म हो ।
– एजेन्सी


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...