Wednesday 15th January 2025

घरमै बसी बसी सजिलै बनाउनुस तिहारको भाईटिका मिठाइहरु


आर.बी.बुढाथोक (मल्टी कुजिन सेफ, सोल्टी क्राउन प्लाजा होटेल)  नेपालीहरुको दोस्रो महाड चाडको रुपमा तिहारलाई मानिन्छ । तिहार, झिलिमिलीको चाड,मिठाइको चाड जे भन्दा नि अधुरो रहन्छ जस्तै माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ र त्यसमा पनि सेलरोटी ।

बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर नहुने हुँदा साथै बिभिन्न अखाध्या पदर्थ मिसावट गरेर बनाइने हुँदा घरमा केही समय खर्चेर आफुलाई आबश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ । यहाँ सेल रोटी लगाएत तिहारमा प्रयोग हुने केही मिठाइका परीकारका विवरण र बनाउने तरिका छोटकारीमा पेश गरिएको छ ।
-सेलरोटी
सामाग्री :-चामलको पिठो १ केजी, चिनी २५०ग्राम,सोडा अथबा बेकिङ पाउडर आधा चम्चा,काजु १५० ग्राम,दुध आबश्यक्ता अनुसार,केरा २ कोसा, घिउ ५०० ग्राम तेल आबस्यकता अनुसार
बिधी :- चामललाई घटिमामा नि एस् घण्टा पानीमा भिजाएर राख्नुस र दुध हालेर ब्यालेण्डरमा केही खस्रो हुने गरी बल्यान्ण्ड गर्नुस,चिनी काजु,केरा र पगालेको २ चम्चा घिउ पनि हालेर एक छिन अरु बल्याण्ड गनुस र एक सोडा र मैदा हालेर एक रात छोड्दिनस। भोली पल्ट तातेको तलमा बाँकी घिउ हालेर सेल बनाउन थालनुस। सकेसम्म नरम सेल राम्रो मानिन्छ ।

-फिनी/पत्रे रोटी
सामाग्री:-१ केजी मैदा,५० ग्राम घिउ,२ कप पानी,आधा कप चिनी पाउडर,एक र आधा लिटर तेल( तार्नको लागि ) साठोको लागि २०० ग्राम बटर या घिउ,१ कप चामलको पिठो
बिधी:-मैदा घिउ हालेर बिस्तारै बिस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानु पर्छ र पिठो मुछीसकेपछी एक साइड लगाएर राख्ने । केही समय पछी पिठोको डल्लालाई ठीक्क ठीक्कको पेडा बनाएर मिलाउने र बाटर या घिउलाई एउटा कचौरामा हुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्र पत्र पार्न प्रयोग गरिन्छ । पेडालाई राम्ररी बेलानाले बेल्ने र साठो लगाएर रोल गर्ने अने चक्कुले काटेर फेरी दोहर्याएर बेल्ने र तातो तेलमा एक एक गरी तार्ने अनी चिनीको धुलो छरी दिने फिनी तयार हुन्छ र तातो तातो य धेरै दिन राखेर पनि खान सकिन्छ ।

-बुन्दीको लड्डु
सामाग्री :-डेढ कप बेसनको पिठो,एक कप पानी,२ पिन्च साफ्रन कलर,६ पिस सुकमेल,एक कप चिनी, एक टेबल चम्चा मेलन सिड्स, डेढ कप शुध्ध घिउ
बिधी :-बेसनमा पानी र सफरन कलर हलेर मजाले चलाऊने र केही समय राख्ने त्यस पछी घिउ तताएर सानो सानो प्वाल भएको झाजरको सहायता ले बेसनको लेदोलाई फ्राइ गर्ने र एउटा प्लेटमा राख्दै जाने अर्को भाडोमा पानी र चिनी हालेर चास्नी बनाउने र मज्जाले पाकेपछी सुकमेल,मेलन सिड र फ्राइ गरेको बेसनको बुन्दीलाई हालेर चलाऊने केही समय पछी आगोको रापबाट निकालेर चिसो हुन दिने र गोलो गोलो गरी लड्डु बनाउन थाल्ने एबम तरिकाले बुन्दीको लड्डु तयार गर्न सकिन्छ र यो लड्डु धेरै दिन सम्म चोसोमा राखेर पनि खान सकिन्छ ।

-गुलाब जामुन
सामाग्री :- एक कप दुध पाउडर,६ कप मैदा,२ चम्चा घिउ वा तेल,आधा कप दुध,२ चम्चा दही या कागतीको रस, आधा चम्चा सोडा,फ्राइ का लागि तेल या घिउ आबश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा,
सुगर सिरपका लागि एक कप चिनी,एक कप पानी, आधा चम्चा सुक्मेलको धुलो, एक चम्चा गुलाब
बिधी :-माथिका सम्पूर्ण सामाग्रीलाई एक साथ मिक्स गरेर केही समय छाडी दिनुस,केही समय पछी ठीक्क ठीक्कको गोलो बनाएर तेल या घिउमा खैरो हुने गरी फ्राइ गर्नुस र अर्को भाडोमा सुगर र पानी हालेर सिरम पकाउनुस,सुकमेलको धुलो र गुलब जल हालेर उमाले पछी फ्राइ गरेका डल्लालाई सिरममा केही बेर पकाउनुस र पिस्ता गार्निस गरेर तातो तातो सेर्व गर्नुस।

– रसबरी
सामाग्री :-४ कप दुध,लेमोन जुस २ चम्चा,दुइ कप चिनी,एक लिटर पानी ,जुलब जल एक चम्चा,सुक्मेलको धुलो आधा चम्चा,मैदा अधा
बिधी:-दुधलाई उमाल्नुस र कागतीको रस हालेर फटाउनुस, जाली या सफा कपडामा छान्नुस। यसरी दुध फटाएर निस्केको छोक्रालाई छीना भनिन्छ । छिनामा मैदा हालेर १० मिनेट मज्जाले रगटेर मुछ्नुस् र गोला गोला गुच्चा बनाउन्स र अर्को भाडोमा चिनी,पानी,सुकमेल,जुलाब जल हालेर तयार गरिएको सिरममा पकाउनुस। केही बेर पकाए पछी रसगुल्ला तयार हुन्छ नन्ता जाफरन लिफ गार्निस गारेर सर्ब गर्न सकिन्छ ।

-जेरी
सामाग्री:-३ कप मैदा,२ कप दही,अधा कप घिउ,३ कप चिनी,आधा चम्चा सुक्मेल,आधा कप कर्न फ्लोर,साफ्रन पाउडर पिन्च,आधा चम्चा बेकिङ पाउडर,२ कप फ्राइ वयल,३ कप पानी,४ ड्रप रोज एसेन्स,आधा चम्चा फुड कलर
बिधी :- माथि उल्लेखित सम्पूर्ण सामाग्रीहरु मिक्स गरेर ८ देखी १० घण्टा या एक रात रुम टेम्पेचरमा छाडी दिनुस् र भोली पल्ट तेलमा जेरी फ्राइ गर्नुस र पाकेको चास्नीमा डुबाएर तातो तातो खुवाउनुस।
-गाजरको हल्वा
सामाग्री :-गाजर १० पिस,४ कप दुध,४ टेबल चम्चा घिउ,१० टेबल चम्चा चिनी,२५ वटा काजु,५ वटा इलाइची,आधा कप किसमिस
बिधी:- गाजरलाई राम्ररी सफा गरेर,ग्रेटरले ग्रेट गर्नुस र दुधमा मज्जाले पकाउनुस ७५ प्रतिशत दुध घटेपछी घिउ चिनी र अन्य सामाग्री हालेर चलाउनुस राम्ररी गाजर बानिदै गए पछी तातोको रापबाट हताउनुस र तातो तातो खुवाउनुस।

-थेकुआ
सामाग्री:- एक कप(३००ग्राम) गहुको आटा, ३्\४ कप(१५० ग्राम) गूद,अधा कप(१५० ग्राम) नरिबल,५ टेबल चम्चा घिउ, ५ वटा इलाइची

‘पिठो मुछ्नका लागि आबश्यक दुध या पानी,सोप एक चम्चा,तार्नको लागि तेल आबश्यकता अनुसार
बिधी :-माथि दिएका सम्पूर्ण सामाग्रीहरु हालेर आटा माज्जाले मुछ्ने र साइड लगाएर राख्ने । केही समय पछी ठीक्क ठीक्कको गोलाई बनाउने र काटाको सहायताले बुट्टा भर्ने त्यस लग्गतै ततो तेलमा खैरो हुने गरी तार्ने र तातो तातो या लामो समय पछी पनि खान सकिन्छ । यो मिठाइ तराइमा निकै प्रसिद्द मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

नासाले भनेको छ कि धूमकेतुको भविष्यको चमक भविष्यवाणी गर्न "कुख्यात रूपमा गाह्रो" छ, तर धूमकेतु C/2024 G3 (एटलस) नाङ्गो आँखाले…

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने…

हजारौं यहूदीहरूले महादेश त्यागेकाले युरोपले यहूदी विरोधी भावनासँग लड्नुपर्ने शीर्ष यहूदी नेताले बताए। मार्गोलिनले भने कि २०२५ युरोपेली यहूदीहरूका लागि…

प्रतिकृयाहरू
...