Thursday 26th March 2026

नेपाली मुलका भण्डारी अमेरिकाको सांसदमा निर्वाचित


तितोपाटी – अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी निर्वाचित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन्। मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए।

उनी अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वाचित हुने पहलो नेपाली मूलका अमेरिकी राजनीतिज्ञ हुन्। तीन जना निर्वाचित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भए। यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन्।

निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटीक पार्टीका तर्फबाट प्रतिस्पर्धामा थिए। ह्यारीले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड राज्यको विधायीकाको तल्लो सदनको लागि उम्मेदवार बनेका थिए। भण्डारीले डेमोक्रेटीक पार्टीको प्रारम्भिक निर्वाचनमा विजयी भई मंगलबार भएको निर्वाचनमा उम्मेदवारी दिन पाएका थिए।

नेपालको पर्वत जिल्लाबाट १ दशक अघि डिभी परेर अमेरिका पुगेका भण्डारी पेशाले शिक्षक हुन्। उनी डेमोक्रयाटीक पार्टीको केन्द्रीय सदस्यसमेत हुन्।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...