Tuesday 13th January 2026

एप्पलले सार्वजनिक गर्यो अाइप्याड प्रो


तितोपाटी – अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ ।

नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी गरी तिनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको बताइएको छ । नयाँ आइप्याड प्रो एप्पलको पहिलो युएसबी टाइप सी सपोर्ट गर्ने डिभाइस हो । यसले युएसबी टाइप सी कनेक्टर पोर्ट सपोर्ट गर्दछ। नयाँ आइप्याड प्रोमा एप्पलकै ए १२ एक्स बायोनिक सेभेन एनएम प्रोसेसर प्रयोग गरिएको छ । यसमा ट्रू टोन एलइडी फ्लासयुक्त १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर रहेको छ । उक्त क्यामेराले फोर के भिडियो रेकर्ड गर्न सकिन्छ ।

यस आइप्याडमा १० घण्टाको ब्याट्री लाइफ रहेको दाबी गरिएको छ । एप्पलका अनुसार यो अहिलेसम्मकै पातलो आइप्याड हो । दुबै आइप्याड प्रोको मोटाइ मात्र ५.९ मिलिमिटर रहेको छ । पूरानो मोडेल भन्दा यो २५ प्रतिशत हलुका रहेको छ ।

आइफोन एक्सजस्तै एप्पलले यस आइप्याडबाट पनि होम बटन हटाएको छ । यसले जेस्चर कन्ट्रोल फिचर सपोर्ट गर्दछ । यो आइप्याडमा एप्पल फेस आइड फिचर राखिएको छ । यसका साथै एनिमोजी, मेमोजी तथा एप्पल पे लगायतका फिचर पनि यो आइप्याडमा रहेका छन् । नयाँ आइप्याड प्रो सिल्भर र स्पेस ग्रे गरी दुईवटा रङमा उपलब्ध रहेको एप्पलले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...