Monday 12th January 2026

चलचित्र ‘चंगाचेट’को ‘गोजीमा दाम छैन’ यतिखेर ट्रेन्डिङमा


तितोपाटी – चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको केक काट्दै सेलिव्रेशन गरिएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्तको साथमा निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटे । कार्यक्रममा चलचित्रका निर्माता वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक हस्तान्तरण समेत गरेका थिए । उनले भने-‘गीतले एक करोड बढी भ्यूज पाएको खण्डमा उपहार दिन्छु भनेको थिएँ । सोही अनुसार उपहार दिएको हुँ । यो उहाँको पारिश्रमिक होइन ।’

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ ।
कात्तिक १६ गतेबाट रिलिज हुने चलचित्रले कमेडी कथामा गम्भिर बिषयलाई उठान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...