Saturday 14th February 2026

कम्प्युटर स्लो हुन बाट बचाउने उपायहरू


तितोपाटी – कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ हुन्छ ।

यसलाई सुल्झाउनका लागि जबसम्म तपाईंले केहि प्राविधिक कुराहरु अपनाउनु हुन्न यस्तो समस्या दोहोरिएर आउने गर्दछ । कम्प्युटरको स्पिड बढाउनका लागि तल दिइएका कहि तरिकाहरु तपाईं अपनाउन सक्नुहुन्छ ।

१. अनावश्यक सफ्टवेयरहरु अनइन्सटल गर्नुहोस्ः
एप्लीकेसन अनइन्सटल गर्नका लागि सबैभन्दा पहिले तपाईं सिधै कम्प्युटरको स्टार्ट बटनमा गएर कन्ट्रोल प्यानल अप्सनमा क्लिक गर्नुहोस् र अनावश्यक सबै सफ्टवेयर अनइन्सटल गर्नुहोस् ।

२. स्टार्टअप प्रोग्राम डिसेबल गर्नुहोस्ः
यदि तपाईंले भर्खरै नयाँ कम्प्युटर अथवा ल्यापटप किन्नुभएको छ भने त्यसमा यस्ता प्रोग्रामहरु हुने गर्दछ जसले कम्प्युटर अथवा ल्यापटप खोल्ने बित्तिकै सुरु हुने गर्दछ र यदि तपाईंको कम्प्युटरमा कम र्याम र मेमोरी छ भने यसले कम्प्युटरलाई स्लो गर्न सक्दछ । त्यस कारण यसलाई डिसेबल गर्नुहोस् अथवा जब आवश्यक पर्छ त्यतिबेला मात्र यसलाई चलाउनुहोस् ।

३. डिस्क क्लिनअपः
यदि तपाईंको कम्प्युटर स्लो छ भने यसलाई डिस्क क्लिनअप अप्सनको सहायताले अफलाइन फाइलहरुलाई सेभ गर्नसक्नुहुन्छ, रिसाइकल बिनलाई खाली गर्न सक्नुहुन्छ जसले कम्प्युटरको गति थोरै भएपनि बढ्न सक्छ ।

४. सिस्टम क्लिनङ सफ्टवेयरः
कम्प्युटरमा सफ्टवेयर अनइन्सटल गर्नका लागि तपाईं सिसि क्लिनर, रेगसिकर अथवा आइओबिटजस्ता क्लिनिङ सफ्टवेयरहरु इन्स्टल गर्न सक्नुहुन्छ ।

५. एक्सन सेन्टर ट्रबलसुटः
आफ्नो कम्प्युटरको दायाँपट्टी भागमा यदि ध्यान दिएर हेर्ने हो भने तपाईंले एउटा फ्ल्याग अथवा झण्डा देख्नुहुन्छ । यो झण्डामा क्लिक गर्दा एक्सन सेन्टर खुल्नेछ । यदि तपाईंको कम्प्युटरमा कुनै पनि समस्या भएमा ट्रबलसुटमा क्लिक गर्दा कम्प्युटरको त्यो समस्या हट्नेछ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...