Sunday 29th March 2026

कुवेत अाएको २ महिनामै सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु


तितोपाटी – सडक दुर्घटनामा परि कुवेतमा फेरी एक जना नेपाली कामदारको मृत्यु भएको छ । पोखरा घर भर्इ २ महिना अघि मात्र कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिक शुक्रबारका दिन कारको ठक्करबाट ज्यान गएको हो । ३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरमार्फत कुवेत अाइ कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा क्लिनरको रूपमा काम गर्दै आएका थिए ।

ढिलो गरि प्राप्त खबर अनुसार फर्वानियामा कम्पनीको अावास गृहमा बसेका उनी अक्टोबर ५ तारिक बेलुका खाना खाएर बाहिर निस्केपछि कोठामा नफर्केपछी खोजी भएको थियो ।उनको मृत्यु बारे गत बिहीवार अक्टोबर ११ तारिक मात्र कम्पनीले जानकारी गराएको बुझिएको छ भने ।

नेपाली दूतावास कुवेतले घटनाको बारेमा पुष्टि गर्दै मृतकको घर परिवारलार्इ जानकारी गराइसकेको छ । उनी रातको समयमा रक्सी खाएर हिडेको र सोही समयमा कारले ठक्कर दिएको बुझिएको छ । मृतकको शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया पूरा भैसकेको र कम्पनीसँग समन्वय गरेर आवश्यक क्षतिपुर्तिको लागि पहल गरिरहेको बुझिएको छ । मृतक हरिबहादुरको घरमा ९ महिनाकी छोरी, श्रीमती रहेको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...