Sunday 22nd March 2026

हाम्रो साैर्यमण्डल भन्दा बाहिर नयाँ ग्रह भेटियो


तितोपाटी – खगोलविद्हरूले हाम्रो सूयमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट प्लुटो करिब ३४ एयूको दूरीमा रहेको छ। उक्त नयाँ ग्रह सूर्यबाट प्लुटोको दूरीभन्दा अढाई गुणा टाढा रहेको छ।

अमेरिकास्थित कार्नेगी इन्स्टीच्यूट फर साइन्सका अनुसन्धानकर्ताहरूले उक्त पिण्डको कक्ष निकै ठूलो रहेको बताएका छन्। यसैले उक्त ग्रह सूर्यको निकट कहिले पनि नआउने उनीहरूको भनाइ छ। यो विन्दुलाई ‘पेरिहेलियन’ भनिन्छ। हालसम्म पत्ता लगाइएका पिण्डहरूमध्ये २०१२ जेएलकेएल र सेडनाको पेरिहेलियन मात्रै नयाँ ग्रहभन्दा टाढा छन्। अर्थात् नयाँ ग्रह तेस्रो सर्वाधिक पेरिहेलियन दूरीवाला पिण्ड हो।

यसको कक्षीय अर्धप्रमुख धुरी भने २०१२ जेएलकेएल र सेडनाभन्दा बढी छ। यसको मतलब ती दुई पिण्डभन्दा नयाँ पिण्ड सूर्यभन्दा निकै टाढा छ। गुरुत्वाकर्षणको प्रभावका कारण २०१५ ६एलएचएल ३८७ कहिले पनि हाम्रो सौरमण्डलका विशाल ग्रह नेप्चुन र बृहस्पतिको नजिक आएको छैन।

कार्नेगी इन्स्टीच्यूट फर साइन्सका स्काट शेप्पर्डले भने, ‘सौरमण्डलको किनाराको बाहरी भागमा के भइरहेको भन्ने जान्न यस्ता पिण्डको अनुसन्धानबाट सहयोग मिल्छ।’

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...