Monday 12th January 2026

स्पेस एक्सले चन्द्रमामा पर्यटक लैजाने


तितोपाटी – अमेरिकाको स्पेस एक्स नामक कम्पनीले पर्यटकहरूलाई चन्द्रमाको भ्रमणमा लाने भएको छ । स्पेस एक्सले यसका लागि बिग फाल्कन रकेट (बीएफआर) को प्रयोग गर्नेछ र त्यसका लागि बीएफआरलाई व्यापक सुधारसहित डिजाइन गरिएको छ ।

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्न विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो । स्पेस एक्सले यस विषयमा थप विवरण सार्वजनिक गरेको छैन ।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी समेत रहेका एलन मस्कले चन्द्रमाको परिधिमा यात्रु लाने घोषणा गरेको यो पहिलो घटना भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लाने घोषणा गरेको थियो । सन् २०१७ को फेब्रुअरीमा स्पेस एक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । स्पेस एक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लाने काम गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...