Thursday 26th March 2026

पोखरामा १० वर्षीया बालिका मृत फेला परिन, बलात्कार पछि हत्या भएको अाशंका


तितोपाटी – पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा एक बालिकाको हत्या भएको छ । सोमबार साँझ ६ बजेदेखि हराएकी १० वर्षीया श्रेया बिकको हत्या भएको हो । आफन्तले रातिसम्म खोजी गर्दा नभेटिएकोमा मंगलबार बिहान ८ बजे श्रेया मृत अवस्थामा भेटिएकी हुन् ।

स्थानीयका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी श्रेयाको शव, मामा घरबाट पसल जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

बालिकाको निधारमा ढुंगाले हानेर हत्या गरिएको देखिएको छ । शवको छेउमै रगत लागेको ढुंगा पनि भेटिएको प्रहरीले जनाएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।

बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । श्रेया स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् ।

स्थानीयले खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले हत्या भएको देखिए पनि अरु कुरा पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताएका छन् ।

स्थानीयले बालिकाको बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने र पोष्टमार्टमका लागि शव लैजान नदिन भन्दै स्थानीयले धेरैबेर प्रहरीलाई शव उठाउन समेत दिएको थिएन ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...