Sunday 27th July 2025

बुटवलमा एक १५ वर्षीय किशोर ३ दिन देखि वेपत्ता


तितोपाटी – बुटवलमा विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् ।

ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स पाइन्ट र चप्पल लगाएर युनिस ट्युसन पढ्न गएका थिए । युनिस सानैदेखि तिलोत्तमा १ चपरहट्टीस्थित मामाको घरमा बसेर पढ्दै आएका थिए ।

युनिसका बुबाको केही वर्षअघि मृत्यु भइसकेको छ । आमा हेमा गिरीले पोखरामा विवाह गरेर उतै बस्दै आएकी छन् । युनिस हराएपछि वडा प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएको तर तेस्रो दिनसम्म कुनै अत्तोपत्तो नलागेको युनिसकी सानीआमा गीता पौडेलले अनलाइनखबरलाई बताइन् ।

पढाइमा औसत रहेका युनिस सोझो र घरबाट कहिल्यै बाहिर नजाने, धेरै साथी भाई नबनाउने स्वभावको भएका मामा केशव क्षेत्रीले बताए ।

‘घरबाट स्कुल जाने र सिधै घर आउने गर्थे, कहिल्यै कतै घुमेेको, साथीभाइकोमा गएको, नराम्रो बानी भएको थाहा थिएन’ क्षेत्रीले भने, ‘एक्कासी हराएको सुन्दा अचम्म लागेको छ ।’ प्रहरीमा निवेदन दिए पनि प्रहरीले खोजी कार्यमा त्यति वास्ता नगरेको आफूहरुलाई लागेको क्षेत्रीले गुनासो गरे ।

‘ठूला ठालूका छोराछोरी हराएको भए सिंगो फोर्स लगाएर खोज्थे होला, सर्वसाधारणका छोराछोरी हराउँदा वास्तै गर्दैनन्’-क्षेत्रीले भने-‘जो भए पनि बराबर चासो र चिन्ता राखेर प्रहरीले खोजी गरिदिनुपर्छ ।’

विद्यालयका शिक्षक चण्डी पाण्डेले युनिस पढाइमा औसत भए पनि अनुशासित र सोझो विद्यार्थी भएको बताए । वडा प्रहरी कार्यालय बुटवलका प्रमुख अमर थापा क्षेत्रीले भने इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयसम्म जानकारी गराइसकेको बताए । उनले खोजी भइरहेकोले नआत्तिन परिवारजनामा आग्रह गरे ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...