Thursday 26th March 2026

मुगुमा श्रीमतीले सम्बन्ध विच्छेद मुद्दा हालेपछि श्रीमानद्वारा अात्महत्या


तितोपाटी – मुगु जिल्लामा मदिरा सेवन गरी श्रीमतीलार्इ कुटपिट गर्ने श्रीमानका विरूद्ध जिल्ला अदालतमा श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि श्रीमानले अात्महत्या गरेका छन्। छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे  बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्।

आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा निबेदन दर्ता गरेकी थिइन्। श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराए पछि ति युवकले आइतवार राती आफ्नाे घर अगाडी रहेकाे आरुको बोटमा पाँसो लगाई आत्महत्या गरेका हुन्।

आफुलाई मदिरा सेवन गरी दिनहुँ कुटपिट गर्ने र  कान्छि पत्नि ल्याएर अन्यत्र राखेको भन्दै पतिसँग सम्बन्ध बिच्छेद गर्न उनकी श्रीमतीले जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न निवेदन दर्ता गराएकी थिइन्। मृतकको शव जिल्ला अस्पतालमा  पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र बाबु रेग्मिले बताए। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...