Saturday 10th May 2025

नासाले लेजर उपग्रह प्रक्षेपण गर्यो


अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ। करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो।

करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको अवस्थाबारे अध्ययन गर्ने नासाले जनाएको छ।

यसअघि सन् २००३ मा प्रक्षेपण गरिएको आइसस्याटको समयावधि सन् २००९ मा समाप्त भएको थियो। पहिलो मिसनले समुद्रको हिउँको पत्र पातलिँदै गएको र ग्रीनल्यान्ड तथा अन्टार्कटिकाको तटीय क्षेत्रबाट हिउँको पत्र हराउँदै गएको पत्ता लगाएको थियो।

तर पछिल्ला नौ वर्षमा अपरेशन आइसब्रीज नामको हवाई अभियान सञ्चालनमा थियो। यी हवाईजहाज उत्तरी र दक्षिणी ध्रुवको माथि उडाइएको थियो र यसबाट बदलिँदो हिउँको उचाइ मापन गरिन्थ्यो।

तर नवीनतम प्रविधिका साथ अन्तरिक्षबाट लिइने तस्वीर र जानकारी बढी यथार्थपरक हुनेछ।

नयाँ लेजरले एक सेकेन्डमा १० हजार पटक तस्वीर लिन सक्दछ जबकी पहिलो मिसनमा समाविष्ट आइसस्याटले प्रति सेकेन्ड ४० पटक मात्र फायर गर्दथ्यो।

यो अन्तरिक्ष अभियान तीन वर्ष चल्नेछ तर यसमा १० वर्षका लागि पुग्ने इन्धनको व्यवस्था गरिएको छ। यदि व्यवस्थापनले यसलाई अझ लामो अवधिसम्म प्रयोग गर्न चाह्यो भने अवधि बढाउन सकिनेछ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...