Wednesday 25th March 2026

साप्ताहिक राशिफल(असोज ४ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 

अभिभावकको सुझावलाई ख्याल गरे प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक काम गर्न सके धन आर्जनसमेत गर्न सकिएला । जिम्मेवारीको काममा विवेक पुर्‍याउनुपर्नेछ । राम्रो अवसर प्राप्त हुन सक्छ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन् । पूण्य कार्यतर्फ आकर्षित भइनेछ ।

वृष 

मनले नसोचेका स्थानको भ्रमण गर्दै स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ । रचनात्मक कार्य गरी हितैषीहरूको मन जित्न सकिनेछ । अध्ययनका लागि विदेश यात्राको अवसर जुट्न सक्छ । साताको अन्त्यतिर खर्च वृद्धि भै ऋणको चपेटामा पर्न सकिन्छ ।

मिथुन 

आफ्नो दृढताकै कारण प्रतिस्पर्धामा जित हात पर्नेछ । आलोचना गर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । काममा देखा पर्ने स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ । कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनुहोला । सुनौलो रंगको प्रयोग फलदायी साबित हुनेछ ।

कर्कट 

योग तथा ध्यानले दुर्भावनाहरू समाप्त गर्नेछ भने भावी मार्ग पहिल्याउन सहज हुनेछ । असहज परिस्थितिलाई नियन्त्रण गर्न सके लाभसमेत हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै नयाँ काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक होला ।

सिंह 

उच्च ओहदाका व्यक्तिहरूले निगरानी गरिरहेका छन्, सर्तकता अपनाउनुहोला । विवेक पुर्‍याएर कार्य गरे उचित स्थान प्राप्त हुनेछ । बाहिरी कुरामा विश्वास गरी प्रेमी–प्रेमिकाले चित्त दुखाउँदा आफैंलाई पनि निराशाले सताउनेछ । सोमबारपछि स्थिति सामान्य होला ।

कन्या 

सफलताका लागि कडा मेहनत गर्नुपर्नेछ । अध्ययनमा बाधा खडा हुनुका साथै आफ्नो बोलीको आलोचना हुनसक्छ । चोटपटक लाग्ने सम्भावना टरिसकेको छैन । पश्चिम तर्फको यात्रा फाइदाजनक हुनेछ । एकल निर्णयमा सम्पन्न गरिएका कार्यमा सफलता प्राप्त होला ।

तुला 

आफ्नो नयाँ परिचय स्थापित गर्न सकिनेछ । गुणस्तरीय व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । सघाउन आउने आफन्तले नै षड्यन्त्र गर्न सक्छन्, सचेतना अपनाउनुहोला । मनोरञ्जन तथा भोजभतेरमा सहभागि हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

वृश्चिक 

सहपाठी मित्रहरूबीच कार्यगत एकता भै नयाँ कामको श्रीगणेश हुनेछ । आकर्षक रोजगारी हात लाग्दा मनमा सन्तोष छाउनेछ । विदेश यात्राको अवसरसमेत जुर्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हँुदा विशेष ध्यान पुर्‍याउनुहोला । अरूको प्रशंसासमेत बटुल्न सकिनेछ ।

धनु 

हूलमूलमा जीउ–धन जोगाउने चेष्ठा गर्नुहोला । पारिवारिक खिचतानीका कारण सम्पन्न भैसकेको काम पनि ओझेलमा पर्न सक्छ । पैतृक सम्पत्तिको उपयोगबाट अतिरिक्त फाइदा उठाउन सकिनेछ । प्रेम सम्बन्धमा सावधानी अपनाउनुपर्नेछ । रात्रिको यात्रा गर्दा चिसोबाट जोगिनुहोला ।

मकर 

प्रशस्त आम्दानी हुने कार्यबाट परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजनामा प्रेमी–प्रेमिकाले समर्थन जनाउनेछन् । गोपनीयता अवलम्बन गरे दैनिकी सहज होला । दान–पुण्य आदिले व्यवसाय स्वत: उचाइमा पुग्नेछ भने रोकिएका कामसमेत सम्पन्न हुनसक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्नेछ ।

कुम्भ 

विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदलले स्वास्थमा असर पार्न सक्छ । सोमबार तथा मंगलबार सतर्कतापूर्वक कार्य गर्नुहोला । मठ मन्दिरको यात्रामा समय खर्चदा तनावमुक्त भइनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

मीन 

आकर्षक पहिरनबाट अरुको मन लोभ्याउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लागाउनेछ । साताको अन्त्यमा सार्वजनिक कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ ।

 


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...