Tuesday 17th March 2026

भारतको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलार्इ मान्यता दियो


तितोपाटी – भारतको सर्वोच्च अदालतले बिहीबार एक ऐतिहासिक फैसलामार्फत समलिंगी सम्बन्ध वैधानिक हुने फैसला गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायधीश दीपक मिश्रासहित ५ न्यायाधीशको इजलासले १५८ वर्ष पुरानो भारतको दण्ड संहिता (पेनल कोड) को धारा ३७७ मा रहेको समलिंगी वयस्कबीचको यौनसम्बन्धलाई पनि अपराध ठहरिने व्यवस्थालाई खारेज गर्ने फैसला गरेको हो ।

प्रधानन्यायाधीश मिश्राले फैसला सुनाउँदै भने, ‘कसैलाई पनि उसको व्यक्तिगत अधिकारबाट वञ्चित गर्न मिल्दैन । समाज अब स्वतन्त्र व्यक्तिगत निर्णय लिन परिपक्व भइसकेको छ ।’ मिश्राले एलजीबीटी समुदायको प्रतीक मानिने इन्द्रधनुष रंगतर्फ संकेत गर्दै प्रत्येक बादलमा इन्द्रधनुष खोज्नुपर्ने बताए ।

सर्वोच्चले आफ्नो फैसलामा लोकतान्त्रिक व्यवस्थामा परिवर्तन जरुरी भएको र जीवनको अधिकार मानवीय अधिकार भएकाले यो अधिकारबिनाका बाँकी जतिसुकै अधिकार दिए पनि औचित्यहीन हुनेसमेत उल्लेख गरेको छ । नतर्की नवतेज जौहर, पत्रकार सुनील मेहरा, होटल व्यवसायी अमननाथ तथा केशव सुरी, आयशा कपुर र इन्डियन इन्स्टिच्युटका २० छात्रले उक्त व्यवस्थाको चुनौती दिँदै रिट दायर गरेका थिए ।

फैसलासँगै भारतमा समलिंगी विवाहले वैधता पाएको छ । यसअघि सन् २००९ मा दिल्ली उच्च अदालतले पनि समलिंगी विवाहलाई मान्यता दिएको थियो । तर, उक्त फैसलाविरुद्ध विभिन्न धार्मिक संस्था र व्यक्तिहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

डिसेम्बर २०१३ मा सर्वोच्चको न्यायाधीश सुरेश कौशलको इजलासले दिल्ली उच्च अदालतको फैसलालाई खारेज गर्दै समलिंगी सम्बन्धमाथिको प्रतिबन्ध कायमै राख्दै अन्तिम निर्णयको जिम्मा संसद्लाई दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...