Thursday 24th July 2025

साप्ताहिक राशिफल(भदाै १५ गते देखि २१ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 

पैतृक सम्पत्ति उपयोग गर्न सके थप फाइदा होला । प्रेम सम्बन्धमा सावधानी अपनाउनुपर्ने समय छ । पारिवारिक खिचातानीले प्राप्त उपलब्धि पनि ओझेलमा पर्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला । सूर्यको आराधनाले विशेष लाभ प्रदान गर्नेछ ।

वृष 

साथीभाइले साना तथा मझौला किसिमका व्यवसायमा लगानी गर्ने प्रस्ताव राख्न सक्छन् । विशेष जमघटमा उपस्थित हुँदा आगन्तुकहरूको नजर तपार्इंमाथि नै पर्नेछ । अनुकूल परिस्थिति हुँदाहँुदै पनि अपजस आइलाग्न सक्छ, जसले तपाईंमा थप निखार ल्याउला । साताको अन्त्यमा पाहुनाहरूसँग मनोरञ्जनमा सहभागी हुन पाइनेछ ।

मिथुन 

व्यवसायले परिश्रम तथा लगानीअनुरूपको परिणाम नदिन सक्छ । भविष्यको चिन्ताले सताउला । नसासम्बन्धी समस्याले मानसिक तनाव उत्पन्न गराए पनि सोमबारपछिका दिनमा क्रमिक सुधार आउनेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा खानपानप्रति सचेत हुनुपर्नेछ ।

कर्कट 

बोलीको प्रभावका कारण अधुरा कार्यहरू पूरा हुनेछन् । व्यवहारिक विषयमा खर्च बढ्न सक्छ । साझेदारीमा व्यवसाय सञ्चालन गर्ने योग देखिन्छ । आफ्नो कलाकौशलप्रति रुचि राख्ने साथीभाइ बढ्नेछन् । चियोचर्चा गर्नेहरूबाट सावधानी अपनाउनुहोला । बिहीबारपछिका दिनमा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।

सिंह 

आफ्नो भलो चाहनेहरूको सहयोगमा समय खर्चिनुपर्ला । शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी सुम्पनेछन् । सामाजिक हैसियत कायम राख्न बाहिरी गफगाफबाट टाढै रहनुहोला । सुनौलो रंगलाई प्राथमिता दिए साता प्रेरणदायी सावित हुनेछ । सप्ताहान्तमा यात्राकोसाइत जुर्नुका साथै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

कन्या 

अवसरको खोजीका क्रममा विदेश यात्रा हुने सम्भावना नजिकिँदै छ । सहयोगीहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा पुग्नेछ । प्रेमिका उपयुक्त मुहूर्तको पर्खाइमा छिन् । निर्णय गर्न ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा घरायसी व्यवहारमा समय खर्चिनुपर्ने हुन सक्छ ।

तुला  

वैचारिक मतभेदका बीच अभिभावकहरूबाट सहयोग पाइनेछ । सभा–सम्मेलनमा उच्चपदस्थ व्यक्तिहरूसँग परिचित हँुदै महत्वपुर्ण जिम्मेवारी प्राप्त हुन सक्छ । टाढा रहेका मित्रहरूबाट आर्थिक सहयोग तथा सुझाव प्राप्त होला । रोकिएको अध्ययनले निरन्तरता पाउनेछ । पहेंलो रंगको प्रयोगले अनपेक्षित परिणाम दिलाउन सक्छ ।

वृश्चिक 

कठोर परिश्रम गर्नुपर्ने समय छ । दिन–प्रतिदिन नजिकिँदो अवसर तथा चुनौतीलाई परास्त गर्न थप समय दिनुपर्ने हुन्छ । प्रात: ब्रह्म मुहूर्तमा उठी ईश्वर स्मरण तथा योग गरे मानसिक तनाव एवं थकान निर्मूल हुनेछ । अभिभावकहरूको रायमुताबिक चल्न सके समस्याबाट मुक्त रहन सकिएला ।

धनु 

आफूमाथि दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । कार्यव्यस्तताले गर्दा परिवारका सदस्यहरूसँग खटपट सिर्जना हुन सक्छ, जसलाई निर्मूल गर्न घर–परिवारलाई समय दिनुहोला । आम्दानी राम्रै भए पनि खर्चले पिरोल्न सक्छ । प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो कल्याण छ ।

मकर 

विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । आर्थिक उपलब्धि हात पर्ने योग छ । तपार्इंको आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउला । कार्यव्यस्तताका कारण घर–परिवारमा किचलो उत्पन्न हुन सक्छ जसलाई निराकरण गर्न परिवारमा समय खर्चनुपर्ला ।सवारी साधन चलाउँदा होस पुर्‍याउनुपर्नेछ ।

कुम्भ

खर्च गरेअनुरूप भविष्यको जग बसिसकेको अवस्था छ । पैतृक धन उपयोग गरी नयाँ व्यवसाय सञ्चालन गर्दा राम्रै मुनाफा आर्जन गर्न सकिनेछ । प्रेमिकाको आग्रहलाई स्वीकार गर्दै नयाँ स्थानको भ्रमण हुनसक्छ । घरायसी कार्यमा खर्च गर्दा कन्जुसी नगर्नु नै आफ्नो हितमा छ ।

मीन

नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने केही दौडधूप गर्नुपर्ने हुन सक्छ । आ–आफ्नो स्तर तथा हैसियतमुताबिक थप मेहनतगर्दा नै भविष्य सुनिश्चित हुनेछ । विदेश जाने प्रयत्न सफल तुल्याउन केही समय कुर्नुपर्ला । खराब आचरण तथा संगतबाट टाढा रहनुमै आफ्नो कल्याण छ ।

 


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...