Friday 30th October 2026

गायिका सुनीता अधिकारीको तीज गीत ‘क्यारम मायालार्इ’ सार्वजनिक


तितोपाटी – गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्।

शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन्। गीतमा प्रकाश भट्टको कोरियोग्राफी रहेको छ।

यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन्। गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो। गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन्।

तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्ने सुनिताको विश्वास छ।

https://youtu.be/HkQERGCplIE


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...