Tuesday 18th August 2026

गायिका सुनीता अधिकारीको तीज गीत ‘क्यारम मायालार्इ’ सार्वजनिक


तितोपाटी – गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्।

शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन्। गीतमा प्रकाश भट्टको कोरियोग्राफी रहेको छ।

यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन्। गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो। गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन्।

तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्ने सुनिताको विश्वास छ।

https://youtu.be/HkQERGCplIE


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...