Friday 30th October 2026

गायीका गिता सेञ्चुरीको तीज गित “क्षमा दिनु है”बजारमा (भिडीयो सहित)


तीतोपाटी- तीजका गितको प्रतिस्पर्धा चलिरहेको बेलामा गायीका गिता सेञ्चुरीले पनि धमकेदार तीज गित क्षमा दिनु बजारमा ल्याएकि छिन् । तीजका गीत महिलाले मात्र गाउनु पर्छ र यो महिलाको मात्र पर्व हो भन्ने अधिकार मागिएको गित एक पटक सबैले सुन्नै पर्ने गित बनेको छ । सन्देश बाहक गितले समाजमा देखिएको बिकृतिको उजागर गर्ने प्रयास भएको छ । महिलाहरुको मात्र सहभागिता गराएर बनाइएको म्युजिक भिडियो हेर्दा अति रमणिय छ । यस सम्झना बुढाथोकीको नृत्य रहेको छ । सो गीतमा भरत बराकोटीको शब्द र चर्चित सर्जक वसन्त थापाको लयमा सृजना रहेको छ ।

गिता सेञ्चुरी धक खुलाएर गाएकी तीज गितले उनको स्वरमा भविष्यमा दोहोरी गित क्षेत्रमा ठुलै छनक मार्ने कुरामा दुई मत छैन । यस गितमा पनि सफलता पाउने कुरामा ढुक्क छिन गायिका गीता सेन्चुरी । कपिल लामाको निर्देशन रहेको गीतमा राजेश घिमिरेले छायाकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । गितमा चर्चित मोडल सम्झना बुढाथोकीको निकै नै राम्रो अभिनय देख्न सकिन्छ । गीता सेन्चुरीको प्रस्तुतिको रुपमा बजारमा आएको यस गीत क्षमा दिनु है बसन्त थापाको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...