Monday 30th March 2026

कुवेतमा अज्ञात समुह द्वारा नेपाली लुटीए


बसन्त थापा- कुवेत स्थित महाबुल्ला बाट एक नेपाली ठुलो रकम सहित लुटीएका छन।अज्ञात समूह द्वारा लुटीएका नेपालीको भने पहिचान खुलेको छैन।

चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ । उक्त लुटेराहरू द्वारा लुटिएको रकम कुवेती ४६० डिनर, अर्थात नेपाली रु १ लाख ६५ हजार रहेको भनी पीड़ित नेपालीले मुद्दा दर्ता गरेका छन भने उक्त लुटेरा हरूको खोजीकार्य भई रहेको कुवेतको चर्चित मीडिया एयमन मत ले जनाएको छ।

पीड़ित नेपालीलाई लुटेराहरूले पैसा मात्र लुटेनन लगाएको कपड़ा समेत च्यातीदिएको र हातपात समेत गरेको पीड़ितले बयानमा बताएका छन।

यसरी कुवेत जस्तो ठाउमा दिन दाहाडै लूटिनु हामी नेपालीलाई असुरक्षित महसूस भएको होकी भन्ने भान भएको छ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...