Monday 13th April 2026

बलात्कारीलार्इ फाँसीको माग गर्दै महिलाद्वारा अर्धनग्न प्रदर्शन


तितोपाटी – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन ।

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो तर सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ ।

प्रदर्शनस्थलबाट प्रहरीले अनामनगर शावित्री सुवेदी जयनारी अभियानकी शावित्री सुवेदीका रिया भण्डारी लगायतलाई पक्राउ गरेको छ । साथै तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरुले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाएका थिए।  देशमा बढ्दो हत्या हिंसा र बलात्कारका घटनाको विरोध गर्दै शान्ति सुरक्षाको मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...