Sunday 1st March 2026

साप्ताहिक राशिफल ( भदाै १ गते देखि ७ गतेसम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष
ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौकासमेत जुर्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुँदा विवेक पुर्‍याउनुहोला । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । सरोकार नभएको कामले फजुल खर्च बढाउनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

वृष

कीर्तिमानी कार्य गर्न सकिनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखिएला, सावधानी अपनाउनु नै उपयुक्त हुन्छ । मंगलबार तथा गुरुबार महत्वपूर्ण कार्य सम्पन्न गर्नुहोला । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुपर्नेछ । विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने अवसर जुट्नेछ । आकस्मिक यात्रामा आर्थिक लाभसमेत हुने सम्भावना छ ।

मिथुन

नयाँ स्थानको भ्रमण हुनसक्छ । प्रियजनसँगको भेटघाटमा दिनचर्या रमाइलोसँग बित्नेछ । साथीहरूले दिएका सुझावप्रति बेवास्ता गर्नाले आफ्नो कार्यसम्पादनमा असर पर्न सक्छ । नयाँ एवं पुराना कामको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ ।

कर्कट

सामूहिक लगानीमा नयाँ काम प्रारम्भ हुनसक्छ । गुणस्तरीय व्यवसाय सुरुवात गर्न साझेदारीहरूबीच मत मिल्नेछ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन्, सचेतना अपनाउनुहोला । विपक्षीले स–साना कमजोरी औंल्याउँदा परिणाम आफ्नै पक्षमा आउनेछ ।

सिंह

भित्रभित्रै चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनु नै बेस हुन्छ । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चिनुपर्ला । बोलीमा थप प्रभाव पार्न रातो रंगको प्रयोग लाभदायक सावित हुनसक्छ । यात्रामा खराब आचरण भएकाहरूबाट टाढै रहनुहोला । प्रतिष्ठा जोगाउने काममा सचेत रहनुमै भलो छ ।

कन्या

सम्झनलायक कार्य सम्पन्न गर्दा ठूलाबडा व्यक्तिको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । करियर बनाउन दैनिकीमा परिवर्तनको खाँचो छ । विशिष्ट व्यक्तिहरूसँगको भेटले नयाँ/पुराना कार्य सम्पन्न गर्न जुक्ति–बुद्धि प्रदान गर्नेछ । आफ्नो सामाजिक हैसियतको हेक्का राख्नुहोला । विलासीपनलाई प्रोत्साहित नगर्नु नै बेस हुन्छ ।

तुला

बलमिच्याइँ गरे काम बिग्रने सम्भावना छ । मन पराउनेहरूले दिएको सुझाव अनुसरण गर्दा समय बचत हुन सक्छ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । भ्रमण गर्दा खर्च बढी भै व्यवहारिक झमेला आइलाग्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला ।

वृश्चिक

अभिभावकको सुझावअनुसार कार्य गर्दा इच्छित परिणाम प्राप्त गर्न सहज हुनेछ । विवेक नपुर्‍याई गरिएका कार्यले हानि–नोक्सानी गर्न सक्छ । बाहिरी कुराले तपाईंप्रति परिवारका सदस्यहरूको गुनासो बढ्न सक्छ । जिम्मेवार भै व्यवहार गर्नुहोला । आम्दानी हुने विविध व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

धनु

सहयोगीहरूको प्रस्ताव स्वीकार गर्दा फाइदा नै हुनेछ । अर्काको बढी विश्वास गर्दा गोप्य सूचना बाहिरिएर समस्या सिर्जना हुनसक्छ । परिवार तथा नजिकका नातेदारले आफ्ना भनाइ नसच्याउँदा तिक्तता बढ्न सक्छ । नम्र भएर संयमित व्यवहार गरे सबैले तपाईंको विचारको समर्थन नै गर्नेछन् ।

मकर

दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन्, त्यसमा तदारूकताको आवश्यकता छ । परिस्थितिअनुरूप अघि बढ्नुहोला । इच्छाएको जिम्मेवारी प्राप्त भए पनि त्यसमा थप मेहनतको खाँचो पर्नेछ । विपक्षीहरूले आफ्ना त्रुटि औंल्याउन सक्छन् । आफ्ना कमजोरीलाई सकारात्मक रूपमा आत्मसात् गर्न सक्दा उचाइमा पुगिनेछ ।

कुम्भ

नयाँ रोजगारी हात पार्न बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । अवसरलाई चुनौतीका रूपमा शिरोधार्य गरी प्राप्त मौका नगुमाउनुहोला । सोचविचार नगरी अरूलाई वचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । नीलो रंग प्रयोग गर्न सके चुनौती सामना गर्न सहज हुनेछ ।

मीन

घरेलु कार्यमा अलमलिँदा महत्वपूर्ण काम ओझेलमा पर्न सक्छ । उत्तेजित भै अनुभव नभएको व्यवसायमा हात हाले नोक्सान होला । कर्मचारी वर्गका निम्ति स्थान परिवर्तन वा नयाँ अन्य अवसर प्राप्त हुने सम्भावना छ । साताको अन्त्यमा परिस्थिति रमाइलो भए पनि भविष्यको चिन्ताले सताउन सक्छ ।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...