Sunday 22nd March 2026

पापिनी आमा ! जसले अाफ्नै अबोध सन्तानलाई जिउँदै शोचालयको ट्यांकीमा फालिन्


तितोपाटी – के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् ।

कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।

बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए ।

तर, बुधबार साँझ उनको मृत्यु भयो ।

कमलाकी आमा संयमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

जंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरिएको छ ।

कमला कता गइन् भन्ने खुलेको छैन । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने- ‘उनको मति बिगि्रएर यस्तो कुकर्म गरेकी होलिन् ।’

कमलाको कथा

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् ।

तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् । उनीहरु भदौ ५ गते एक वर्ष पुथे ।

तर, त्यसअघि नै आमाले नै उनको ज्यान लिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...