Monday 25th August 2025

पापिनी आमा ! जसले अाफ्नै अबोध सन्तानलाई जिउँदै शोचालयको ट्यांकीमा फालिन्


तितोपाटी – के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् ।

कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।

बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए ।

तर, बुधबार साँझ उनको मृत्यु भयो ।

कमलाकी आमा संयमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

जंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरिएको छ ।

कमला कता गइन् भन्ने खुलेको छैन । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने- ‘उनको मति बिगि्रएर यस्तो कुकर्म गरेकी होलिन् ।’

कमलाको कथा

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् ।

तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् । उनीहरु भदौ ५ गते एक वर्ष पुथे ।

तर, त्यसअघि नै आमाले नै उनको ज्यान लिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...